Logo

केसीविरुद्ध अनसन बस्ने थापाले पनि अनसन तोडे



काठमाडौं, १९ माघ । डाक्टर गोविन्द केसीविरुद्ध अनसन बस्ने युवा विजय थापाले पनि अनसन तोडेका छन् । उनले शनिबार अनसन तोडेका हुन् ।

काठमाडौं महानगरपालिका २० स्थित भिमासेनथान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय बेचेन यादवले जुस पिलाएर उनको अनशन तोडाएका हुन् ।

थापा शिक्षण अस्पताल महाराजगन्जमा २३ दिनदेखि अनशनरत थिए । यस्तै केसीले सरकारसँग कुनै सहमति नभइकनै शुक्रबार आफ्नो अनसन तोडेका थिए ।



प्रतिक्रिया दिनुहोस्