Logo

प्रबक्ता श्रेष्ठ भन्छनः भेनेजुएलाबारे ‘बोल्नैपथ्र्यो’, अमेरिकाको हस्तक्षेप थियो



काठमाडौं २० माघ । अमेरिकालाई साम्राज्यवादी भनी जारी गरिएको बक्तत्वमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई झुक्याइएको टिप्पणी भएपछि उनले शुक्रबार निजी सचिबालयमार्फत विज्ञप्ती जारी गर्दै त्यसको खण्डन गरे ।

पहिलो बक्तब्य नै आफ्नो आधिकारिक धारणा भएको र त्यसमा कसैले नफसाएको स्पष्ट पारे । भेनेजुएलाको विषयमा निकालिएको विज्ञप्ती नै विवादमा परिरहेको बेला त्यसलाई स्पष्ट पार्नुपर्ने बाध्यता दाहाललाई किन आइलाग्यो ?

‘किनभने भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेकै थियो र त्यसमा हामी बोल्नैपथ्र्यो’ नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘यसरी बोलेको कुरामाथि शंका उब्जेपछि त्यसलाई प्रष्ट पार्ने दायित्व अध्यक्षज्यूले पूरा गर्नुभएको हो । हाम्रो सम्बन्ध अमेरिकासँग राम्रो हुनुपर्छ तर उसको अन्यासलाई सहने मूल्यमा होइन ।’

प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्याण्ड गएको बेला दाहालको यो बक्तब्यले सरकारलाई अप्ठ्यारोमा पारेको विष्लेषण कतिपयको छ । -कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्