Logo

चिकित्सा शिक्षा बिद्ययेक आन्दोलनको विषय बनाउनु गलत : सभामुख महरा



शरद रेग्मी : दाङ, माघ २० । संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा बिद्येयकका बारेमा आन्दोलन गर्नु गलत भएको बताएका छन् ।

रिपोर्टर्स क्लब दाङले तुलसीपुरको टरिगाउँ बिमानस्थलमा आइतबार विहान गरेको पत्रकार सम्मेलनमा उनले प्रक्रिया पु¥याएर पारित भएको विद्येकलाई आन्दोलनको विषय बनाउनु सहि मान्न नसकिने बताएका हुन ।

प्रतिपक्षको सहमतिमा समितिमा प्रयाप्त छलफल भएर पारित भएको विद्येक संसदमा पनि असहमति जनाएको भए पुग्नेमा संदनमै अबरोध गराउन खोज्नु गतल भएको महराले बताए । ‘चिकित्साशिक्षा विद्येक उहाँहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनु हुन्न,’– महराले भने ‘ एउटा प्रक्रियामा गइसकेको कुरालाई उछाल्न खोज्नु गलत हो।’

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उनले चिकित्सा शिक्षा बिद्येयक आन्दोलनको बिषय बनाउनु प्रतिपक्षले राजनीति गर्न खोज्नु मात्रै भएको धारणा व्यक्त गरे ।

फरक प्रसंगमा सभामुख महराले कर्मचारीकै कारण दाङको एकमात्रै विमानस्थल टरिगाउँ बिमान स्थलमा अस्थायी इन्धन डिपो आउन ढिलाई भएको बताए । ।‘अस्थायी ईन्धन डिपो ल्याउने भन्ने बिषयमा आयल निगमसंग मन्त्री र सचिबले तोक लगाइसक्नुभएको थियो’ महाराले भने ‘ तर,कर्मचारीले त्यो फाईल गायभ बनाएपछि ढिलाई भएको हो ।’ तर उनले पुनः दाङमा अस्थायी इन्धन डिपो ल्याउने प्रक्रिया शुरु भइसकेको जानकारी दिए । ‘ अब इन्धन डिपो तत्कालै आउँछ,’ महराले भने ‘ अब म कर्मचारी तन्त्रसंग सजग भइसकेको छु ।’

उनले बिमान स्थलमा टर्मिनल भवन निर्माणको पक्रिया पनि अघि बढि सकेको जानकारी दिए । यसैबीच टर्मिनल भवनको सोमबार सिलन्यास गर्न लागिएको उपमहानगरपालिकाका प्रबक्ता श्याम डाँगीले जानकारी दिएका थिए ।

साथै उनले बिमानस्थललाई निरन्तरता दिन उपमहानगरपालिकाले दैनिक प्राबिधिक सहयोग गरिरहेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्