Logo

गोलढुंगा अर्किड एकेडेमीको खेल सप्ताह भोलीदेखि, अभिभावकलाई प्रिन्सिपलको यस्तो आग्रह



माघ २०, काठमाण्डौ । देशभर संचालित निजी विद्यालयहरुले पढाईका साथै विभिन्न अतिरिक्त क्रियाकलाप गराउँदै आएका छन् । त्यस्ता क्रियाकलापमध्ये खेलकूद पनि अग्रप्रक्तिमा पर्छ ।

हरेक वर्ष विद्यालयहरुले साप्ताहिक रुपमा नै खेलकूद प्रतियोगिता गराउने गरेका छन् । काठमाणडैको तारकेश्वर नगरपालिका अवस्थिगत गोलढुंगा अर्किड एकेडेमीले पनि यस वर्षको खेल सप्ताहको आयोजना गरेको छ ।

भोलीदेखि सुरु हुने खेल सप्ताह २५ गतेसम्म चल्ने विद्यालयको प्रिन्सिपल झनकराज शर्माले जानकारी दिएका हुन् ।

विद्यालयले खेल सप्ताहका लागि सहयोग र समन्वय गरिदिन आफ्ना अभिभावकहरुलाई आग्रहसमेत गरेको छ । खेल सप्ताहमा झण्डै एक दर्जन खेल खेलाइने प्रिन्सिपल शर्माले जानकारी दिए ।

विधागत खेलमा विजेता विद्यार्थीलाई खेल सकिएको भोलिपल्ट माघ २६ गते पुरस्कार वितरण गरिनेछ । पुरस्कार वितरण कार्यक्रममा अभिभावकहरुलाई पनि उपस्थितीका लागि प्रिन्सिपल शर्माले आग्रह गरेका छन् ।

विद्यालयले हरेक वर्ष खेलकूद लगायतका अतिरिक्त क्रियाकलाप गराउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्