Logo

अख्तियारले सरकारको ध्यानाकर्षण गराउँदै भन्यो– भ्रष्टाचार र ढिलाइ अक्षम्य



काठमाडौं २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास–निर्माण आयोजनामा देखिएका विकृति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग गरेको अन्तर्क्रियामा प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालित आयोजनाहरुको काममा भइरहेको ढिलाइ र भ्रष्टाचार क्षम्य हुन नसक्ने बताए ।

उनले सार्वजनिक निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था सम्बन्धमा अख्तियारले गरेको अध्ययनबाट सरकारी विकास निर्माण कार्यको अवस्था भयावह पाइएको जानकारी गराए । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्