Logo

नेपाली क्रिकेट टोली आज स्वदेश फर्किंदै, विमानस्थलमा भव्य स्वागत हुँदै



काठमाडौं, २१ माघ । एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदैछ । टोली युएईको दुबईबाट आज दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्नेछ ।

युएई भ्रमणको क्रममा नेपालले तीन खेलको एकदिवसीय तथा ३ खेलकै ट्वेन्टी–ट्वेन्टी श्रृंखला खेलेको थियो । दुबै श्रृंखलाको पहिलो खेल हारेपछि लगातार दुई खेल जित्दै नेपालले २–१ ले श्रृंखला आफ्नो पक्षमा पारेको हो । एकदिवसीय क्रिकेटतर्फ नेपालको यो दोस्रो श्रृंखला थियो भने ट्वेन्टी ट्वेन्टीतर्फ तेस्रो श्रृंखला थियो ।

नेदरल्याण्ड्स विरुद्धको एकदिवसीय श्रृंखला बराबरी गरेको नेपालले हङकङ र नेदरल्याण्ड्स विरुद्धको ट्वेन्टी–ट्वेन्टी श्रृंखला भने हारेको थियो । नेपालले आईसीसीको कुनै पनि ढाँचाको क्रिकेट श्रृंखला जितको यो पहिलो अवसर हो ।



प्रतिक्रिया दिनुहोस्