Logo

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी राजदुतद्धारा अङरेजी कार्यसञ्चालन तालीमको उदघाटन



काठमाडौँ,२१ माघ ।नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरी तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पर्यटन प्रहरी,अध्यागमन अधिकृत र पर्यटन क्षेत्रको अधिकारहरुप्रति लक्षित अङरेजी तथा कार्यसञ्चालन श्रृखलाबद्ध तालीमको सयुक्त रुपमा उदघाटन गरेका छन ।

नेपाल पर्यटन बोर्डमा आयोजीत कार्यक्रममा बोल्दैअमेरिकी राजुदुतले नेपालले पर्यटन बिकास र देशको अर्थतन्त्र सवल बन्दै गएकाले अङरेजीमा संचार प्रवाह तथा समस्या सामाधान गर्न सक्नु अति नै महत्वपुर्ण भएको बताए । देशभरिका बिभिन्न शहर तथा लामो अवधिको तालिम कार्यक्रमले पर्यटन क्षेत्रसंग सम्बन्धित कर्मचारीहरुको भाषा सिप मजभुत बनाउदै नेपालको आर्थिक बृद्धि तथा सुरक्षा लक्ष्यलाई अगाडी बढाउने प्रयन्त भएका उनको भनाई रहेको थियो ।

उनले भने‘अमेरिकी दुतावासको अङरेजी भाषा सम्बन्धी कार्यालयले एकिकृत बिकास तथा रुपान्तर नेपालसंगको सहकार्यमा सहयोग ल्याउन सहयोग पुग्नेछ जसबाट आगुन्तुक बिदेशी पाहुनाहरु संगको सञ्चारकार्यमा सहयोग पुग्नेछ ।’

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालका चार सशरबाट सञ्चालन गरिने यस श्रृखलाबद्ध तालिमबाट झण्डै ८० अध्यागमन अधिकृत,५० पर्यटन अधिकारी र ४३ पर्यटन प्रहरी लाभान्वितहुने जानकारी गराएका छन ।

नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको उनले बताए ।

देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार र प्रवर्द्धन गरिनु आवश्यक रहेको उनको भनाई रहेको थियो ।

त्यस्तै नेपाल पर्यटन बोर्डका अनुुसार सन्२०१७ र २०१८मा नेपाल आउने पर्यटकको तेस्रो ठुलो संख्या अमेरिकी नागरिकले ओगटेको जानकारी गराएको छ ।बोर्डका अनुसार गत बर्ष ९० हजार भन्दा बढी अमेरिकी पर्यटकले नेपालको भ्रमण गरेको जनाईएको छ । यस तालिमले पर्यटन सम्बन्धी अनुभवलाई सुधार गर्दे नेपालको आर्थिक बृद्धिमा सहयोग पुर्याउने लक्ष्य लिएको छ ।



प्रतिक्रिया दिनुहोस्