Logo

कांग्रेसमाथि खनिए झलनाथ, आन्दोलन गरेकोमा दिए यस्तो चेतावनी



काठमाडौं, २१ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल कांग्रेसविरुद्ध खनिएका छन् । उनले काँग्रेसलाई आन्दोलन छोडेर मुलुक निर्माणको अभियानमा जुटन आग्रह गरेका छन् ।

सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले आयोजना गरेको रचनात्मक कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले आन्दोलन गरिरहे काँग्रेस आफैं कमजोर हुँदै जाने पनि बताए । उनले स्ववियू निर्वाचनपछि धकेल्ने प्रयास नगर्न पनि नेपाली काँग्रेसलाई सचेत गराए ।

उनले नेविसंघले हार्ने निश्चित भएपछि काँग्रेसले स्ववियू निर्वाचन फागुन १४ गतेबाट पछि सार्ने प्रस्ताव अघि सारेको पनि आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्