Logo

राष्ट्रपतिद्धारा‘ट्विट’जारी,बिजेता राष्ट्रिय क्रिकेट टोलीलाई बधाई



काठमाण्डौ,२१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।

राष्ट्रपति भण्डारीको आधिकारिक ट्विटरमार्फत जारी शुभकामना तथा बधाई संदेशमा लेखिएको छ,नेपालले यूएईमा भएको तेस्रो टी–२० क्रिकेट खेलमा ऐतिहासिक सफलता हासिल गरेकोमा राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । हाम्रो देशमा लोकप्रिय बनेको क्रिकेट खेलको प्रवद्र्धनका लागि शैक्षिक प्रतिष्ठान र सम्बद्ध पक्ष अग्रसर हुने अपेक्षा लिएको छु ।’

नेपाली क्रिकेट टोली यूएईसँगको तीन एकदिवसीय र तीन टी–२० शृङ्खला जित्दै आज स्वदेश फर्कँदै छ । टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टोलीलाई भव्य स्वागतको तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्