Logo

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमास्थलमा ‘रेड कार्पेट’



काठमाडौं, २१ माघ । यूएईविरुद्ध ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। राष्ट्रिय खेलकुद परिषदले टोलीलाई रातो कार्पेट ‌ओछ्याएर स्वागत गरेको छ।

युएई भ्रमणमा नेपालले तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेलेको थियो। नेपाली टोली दुवै सिरिज २–१ ले जितेर ऐतिहासिक सफलतासहित नेपाल फर्किएको हो।आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि नेपाल दोस्रो सिरिज खेल्ने क्रममा युएई पुगेको थियो।

यसअघि नेपालले पहिलो सिरिज नेदरल्याण्ड्ससँग खेल्दा बराबरीमा रोकिएको थियो। यस पटक एक दिवसीय र टी–२० का सुरूका खेल हारे पनि लगातार दुई खेल जित्दै सिरिज नै कव्जा गरेको थियो।



प्रतिक्रिया दिनुहोस्