Logo

संसदमा गगन थापाको प्रश्न, गृहमन्त्री थापाको जवाफ (भिडियोसहित)



काठमाडौं, २३ माघ । सांसदहरुले गृहमन्न्त्री रामबहादुर थापा ‘बादल’लाई निर्मला पन्तको हत्या कहिले पत्ता लाग्छ भनेर सोधेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तरमा कांग्रेस सांसद गगन कुमार थापाले  ‘रक्षामन्त्रीले ५ दिनभित्र अपराधी सार्वजनिक गर्छौं दिन गनेर बस्नुहोला भन्नु भएको थियो । यसबारे गृहमन्त्रीलाई जानकारी छ कि छैन ?’ भनेर प्रश्न गरेका थिए।

थापाको प्रश्नको जवाफमा गृहमन्त्री थापाले यस्तो जवाफ दिए,”रक्षामन्त्रीजीले के भन्नुभयो ठोस रुपमा जानकारी छैन । तर, छिट्टै अपराधीलाई कानुनको कठघरामा ल्याउने स्परिटसहित भन्नु भएको होला अनुमान गर्न सक्छु ।  सन्दिग्ध व्यक्ति अनुसन्धानको घेराभित्र आएको आधार बनाएर भन्नु भएको होला । निश्चित आधारमा हिरासतमा लिइएको थियो । कतिपयले साविती बयान पनि दिएका थिए तर, अरु प्रक्रिया पुरा नभएकाले मुक्त गर्न गरेका छौं ।”

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्