Logo

पवन भट्टराई नयाँ चलचित्रमा अनुबन्धित



काठमाडौँ, २४ माघ । सञ्चारकर्मी तथा मोडल पवन भट्टराई नयाँ चलचित्रमा अनुबन्धित भएका छन् ।  हिजोमात्रै चिलचित्र निर्माण समुहले भट्टराईसंग सम्झौता गरेको छ । उक्त सम्झौतासंगै भट्टराईले महँगो पारिश्रमिक लिएको पनि खुलासा भएको हो ।

‘किराँती ईन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम भने निर्माण पक्षले अहिले खुलाउन चाहेन् ।  उक्त चलचित्रका निर्देशक बिश्चल किरातीले भट्टराईलाई भने आफूहरुले चाहेअनुसारकै लगानी गरेको सनसनीपूर्ण खुलासा गरे ।

चलचित्रमा मुख्य कलाकारहरुको रुपमा रमित ढुंगाना, सोहित मानन्धर र पवन भट्टराईलाई अनुबंन्धित गरिसकेको निर्देशक राईले जनाए ।
आगामी चैतको पहिलो साताबाट छायांकनको काम सुरु गर्ने तयारीमा आफूहरु जुटिसकेको पनि राईले स्पष्ट पारे ।

यद्धपी उनले चलचित्रमा नायिका को अनुबन्धित भएको भन्नेबारे कुनै जानकारी गराएनन् । उनका अनुसार नायिका तथा बाँकी कलाकारको नाम बिस्तारै खुलाउँदै जाने निर्माण पक्षको योजना छ । चलचित्रको निर्माता भने सुरु चाम्लिङ्ग राई हुन् ।

नयाँ चलचित्रमा आफू अनुबन्धित भएको समाचार स्वयंम् भट्टराईले पनि आफ्नो समाजिक सञ्जालमार्फत पुष्टि गरेका छन । केही दिन पहिले यसै चलचित्रको लागी नायक रमित ढुंगानाले १८ लाख पारिश्रमिक लिएको खबरले बजारमा चर्चा पाएको थियो ।

Actor Paban Bhattarai and Director Bichal Kiranti sign an agreement for the new movie in Kathmandu on February, 6, 2019. Photo: Mukunda Kalikote/Reporters’ Club nepal



प्रतिक्रिया दिनुहोस्