विदेश पुगेर मन्त्रीले भने : सरकारले सोचेजस्तो काम गर्न सकेन

0
Shares

काठमाडौं, २७ माघ । युएई पुगेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार गठन भएको एक वर्ष पुग्न लागेको भएपनि सरकारले सोचेजस्तो काम गर्न नसकेको स्विकार गरेका छन् ।

शनिबार नेपाली दूतावास आबुधावीमा एक कार्यक्रमको आयोजना गरी युएईमा रहेका विभिन्न संघसस्था, राजनीतिक दलका भातृ संगठनका प्रमुख तथा प्रतिनिधि लगायत अन्य नेपाली श्रमिकसँगको भेटवार्तामा मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

मन्त्री पण्डितले नेपालको बर्तमान राजनीतिक अवस्था र सरकारले गर्न लागेको विकासका कामबारे प्रस्ट्याएका थिए।