विधेयकको विरोधमा सरकारी चिकित्सकहरुद्धारा प्रदर्शन(फोटोफिचर)

0
Shares

समायोजन विधेयकको विरोधमा भएको शान्तिपुर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै सरकारी चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् ।उनीहरुले सोमबार वीर अस्पतालबाट निकालेको विरोध र्याली माइतिघर पुगेको थियो । माइतिघरबाट प्रहरीले अघि बढ्न नदिएपछि स्वास्थ्य मन्त्रालयसम्म पुग्ने उनीहरुको योजना भने विफल भएको थियो ।

आइतबार विरोध र धर्नाका क्रममा प्रहरीले केही चिकित्सकहरुलाई नियन्त्रणमा लिएको थियो ।स्वास्थ्य सेवाका कर्मचारीलाई अन्य सेवा समूहमा पनि जान सक्ने गरी संघीय निजामती सेवा विधेयक तयार भएकोमा असन्तुष्ट बनेका उनीहरु आन्दोलनरत छन्

फोटोःमुकुन्द कालिकोटे