काठमाडौँ, २८ माघ : भारतका लागि नवनियुक्त राजदूत नीलाम्बर आचार्यले नेपाल र भारत सम्बन्धलाई सुमधुर बनाउने बताएका छन् ।
आचार्य बन्धु समाज नेपालले आज यहाँ आयोजना गरेको बधाई कार्यक्रममा उहाँले आफू भारत गएर द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउँदै नेपालको व्यापार घाटा कम गर्न प्रयास गर्ने बताए ।
सो अवसरमा चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्य, उद्योगपति कृष्ण आचार्य, संसद्का पूर्वसचिव मुकुन्द आचार्यले समाजका अग्रज व्यक्तित्व राजदूत जस्तो गरिमामय पदमा पुगेकामा बधाई दिँदै मुलुकले भारतका लागि नेपाली राजदूत कूटनीतिक क्षेत्रमा राम्रो दख्खल भएको व्यक्ति पाएको बताए ।
समाजका अध्यक्ष भानुप्रसाद आचार्यले नवनियुक्त राजदूत आचार्यले नेपाल र भारतको सम्बन्धलाई थप उचाइमा पु¥याउने बताउनुभयो। रासस




प्रतिक्रिया