Logo

भ्यालेन्टाइन मुडमा पवन र अभिलासा, प्रेमिल तस्विरहरु



 

काठमाडौं, २ फागुन । सञ्चारकर्मी एवम् मोडल पवन भट्टराईलाई ‘भ्यालेन्टाईन फिभर’ ले छोएको छ । पवनसँग भ्यालेन्टाइन मुडमा अभिलासा शर्मा फोटोसुटमा मजाले खुलेकी छिन् ।विभिन्न म्यूजिक भिडियो हुँदै फिचर फिल्ममा हात हालेका पवन र चल्तीकी मोडल अभिलाषाले प्रणय अर्थात भ्यालेन्टाइन मुडमा फोटोसुट गर्दै यस दिनलाई सभ्य र शिष्ट रुपमा मनाउन सन्देश दिएका छन् ।

 

विशेषगरी सहरका युवा पुस्ता १४ फ्रेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन–डे’ मा एक–आपसमा माया साटासाट गर्दै मनाउने गर्छन । यसैबीच मोडलद्वय पवन र अभिलासा जोडी पनि भ्यालेनटाईन डेमा प्रेमिल बनेको छ । यद्यपी, उनीहरुको तस्विरमा अश्लिलता भने देखिएको छैन ।भ्यालेनटाइनको अवसरमा ललितपुरको लाकुरीभन्ज्याङमा पुगेर नवराज श्रेष्ठले प्रेमिल जोडीलाई क्यामेराको फ्रेममा अटाएका छन् । कोरियोग्राफर डिजे सन्दिप क्षेत्रीले जोडीलाई रोमान्टिक मुडमा उतारेका छन् ।क्याथोलिक र रोमन नागरिकले मनाउँदै आएको ‘भ्यालेन्टाइन–डे’ अर्थात् प्रणय दिवस पछिल्लो समय पूर्वीय सभ्याताको अंगजस्तै भएको छ । नेपालमा यसले गतिलो प्रभाव जमाउँदै गइरहेको छ ।

मोडल भट्टराई आगामी चैत्रबाट छायांकन सुरु हुने नयाँ फिल्म ‘राजा साहेब’ मा अनुबन्धन भैसकेका छन् । उक्त चलचित्रको लिड रोडलमा रमित ढुंगाना छन् । यो फिल्ममा ढुंगानाले महँगो पारिश्रमिक लिएको खुलासा भएको छ ।भट्टराईले यसअघि ‘कालो वर्ष’ चलचित्रमा समेत अभिनय गरिसकेका छन् । उक्त चलचित्र आगामी बैशाख १२ गतेबाट अल नेपाल रिलिजको तयारीमा छन् ।

 

तस्विरहरु सौजन्यः नवराज श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्