Logo

श्रेष्ठको उपन्यास ‘द भ्यालेन्टाइन’ सार्वजनिक



काठमाडौं, ४ फागुन । सनिम श्रेष्ठको उपन्यास ‘द भ्यालेन्टाइन’ सार्वजनिक गरिएको छ।  एडिबि पब्लिकेशनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार राजन मुकारुङ, जुमुना जोशी, पत्रकार धनराज वास्तविक, निलकण्ठ तिवारी, चन्दा थापालगायतले उक्त कृतिको विमोचन गरेका हुन्।

जुमुना जोशी (लेखक श्रेष्ठकी हजुर आमा) सभापति रहेको कृति विमोचन कार्यक्रमका प्रमुख अथिति एवम् साहित्यकार राजन मुकारुङले ‘द भ्यालेन्टाइन’ उपन्यास नयाँ पुस्ताका लागि उत्प्रेरणा बन्ने बताए।

समाजमा सबै युवाहरु एउटै हुँदैनन्, सनिम जस्ता लेख्न सक्ने क्षमता भएका युवाहरु पनि छन्, भन्ने प्रमाणका रुपमा यो पुस्तक आएको छ। सनिमले अबका दिनहरुमा सामाजिक चेतलाई समते ध्यानमा राखेर कृति लेख्नेछन् भन्ने मैले विश्वास लिएको छु।’

मुकारुङले अघि थपे, ‘नयाँ पुस्ताले साजिक चेतकासाथ आउँनु पर्छ । साहित्य यो वा त्यो विषयमा लेख्यो भन्ने कुरा प्रमुख होइन । कस्तो लेख्यो ? पुस्तक र विषयभित्रको गहिराई के हो ? त्यो प्रमुख कुरा हो।’

‘ऋतु’ उपन्यासकी लेखिका चन्द्रा जोशी ‘सुमन’ का छोरा सनिमले आगामी दिनहरुमा नेपाली साहित्यको विकास र विस्तारमा लाग्ने प्रतिवद्धता जनाएका छन्। उनले भने, ‘आमो उपन्यास पढेर ‘द भ्यालेन्टाइन जन्मीएको हो । यो पुस्तक लेख्दै गर्दा केही थान कल्पना थिए। केही थान अनुभूतिहरु थिए, ति भोगाइ र भावनाहरुलाई लेख्न कलम र कापि थियो। अरु कोही थिएन तर आज विमोचनमा यति धेरै मानिस पाएको छु। खुसि छु। आगामी दिनहरुमा पनि यस्तै साथको अपेक्षा गर्दछु, कृति पढेर प्रतिक्रिया दिनुहोला भन्ने आग्रह समेत गर्दछु।’

एडिबि पब्लिकेशनद्वारा प्रकाशित ‘द भ्यालेन्टाइन’ प्रेमलाई मूल विषय बनाएर लेखिको उपन्यास हो। यस उपन्यासको बजार व्यवस्थापनाको जिम्मा बुलबुल पब्लिकेशन प्रा.लि.ले लिएको छ।

कार्यक्रममा प्रकाशनका सञ्चाक एवम् सञ्चारकर्मी अच्युत घिमिरेले स्वागत मन्तव्य राखेको थिए भने सुभद्रा ढकालले कार्यक्रम सञ्चालन गरेकी थिइन।



प्रतिक्रिया दिनुहोस्

Screenshot