Logo

नेपाल बारको अध्यक्षमा ९ जना उम्मेदवारी, कसले मार्ला बाजी ?



काठमाडौँ, ६ फागु । नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा नौ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षका लागि उम्मेदवारी दिनेमा डेमोक्र्या्टिक लयर्स एशोसिएशन (डिएलए) बाट सुनीलकुमार पोखरेल, प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट चण्डेश्वर श्रेष्ठ, अन्य उम्मेवदार डा पुष्पप्रसाद खतिवडा, कृष्णप्रसाद शर्मा, रामप्रसाद प्रजापति, तोयनाथ ढुङ्गाना, गजेन्द्रबहादुर थापा, लोकध्वज खाँड र विराट न्यौपाने छन् ।

बारको १५ सदस्यीय कार्यसमितिका लागि ६४ ले उम्मेदवारी दिएका छन् । नेपाल बार एशोसिएशन निर्वाचन २०७५ का प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ ।

महासचिव पदका लागि लीलामणि पौडेल, सुरेन्द्रबहादुर थापा, रामहरि त्रिपाठी गरी तीनको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्षका लागि सातै प्रदेशबाट एक/एक र एक महिला गरी आठ रहने व्यवस्था छ ।

बारको कार्यसमितिमा एक कोषाध्यक्ष, सदस्यमा दलित एक, मधेशी/मुस्लिम दुई, आदिवासी जनजाति दुई, महिला दुई र आठजना खुल्ला सदस्य रहने व्यवस्था छ ।

निर्वाचनको कार्यतालिकाअनुसार आज उम्मेवादवारी दर्ता गर्ने, यही फागुन ८ गते दाबी विरोध, अन्तिम नामावली प्रकाशन फागुन ११ गते रहेको छ । देशभरका १० हजार ३१३ मतदाताले ३५ मतदान केन्द्रबाट मत हाल्नेछन् । बारको केन्द्रीय कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।



प्रतिक्रिया दिनुहोस्