Logo

राजनीतिलाई ब्यापार सम्झिनेलाई होइन,सेवा सम्झिनेलाई नेबिसंघ को जिम्मा दिने कि?ने बि संघ कालिकोटका नेता सन्तोष मल्ल



काठमाडौँ,७ फागुन । नेबिसंघ कालिकोटका प्रभावसाली नेता सन्तोष मल्लले सरकारलाई चलाउने निती भनेको राजनिती भएको तर अहिले सम्मपनि राजनितीक भन्ने शब्दलाई मानिषहरुले आ–आफ्नो भाषामा बुझने मात्र गरेको बताएका छन । कसैले राजनितीक ठुलो ब्यापार सोचेका छन भने कसैले समाज सेवा मल्लले सुनाउन्छन ।

राजनितीक पवित्र शब्दलाई यिनै राजनितीक ब्यापार सम्झनेहरले पुरै दुर्गन्धीत बनाई सकेको उनको आरोप रहेको छ । असल राजनिती गर्ने मानिष गाउँमा छिरेपछि यति घृणा गर्न थाल्छन कि सायद त्यो पिडा भोग्ने लाई मात्र थाहा होला उनले हामीसंगको भेटमा सुुनाए । ‘जो नालायकहरु राजनितीलाई ठुलो ब्यापार सम्झेका छन,तिनीहरुले पुरै समाज, राजनितीक प्रति घृर्णीत बनाएको छ’उनको भनाई रहेको छ ।

उनले आफ्ना पार्टीका अग्रज नेताहरुलाई आग्रह गर्दे नेबिसंघ मात्र नभएर पार्टीका बिभिन्न संगठनमा ध्यान दिनुपन समय आइसकेको बताउन्छन । अहिले कसै–कसैले राजनितीलाई किनबेच गर्न खोजेको कटाक्ष गर्दे उनले पार्टीभित्र कसले धेरै दुःख गरिरहेको छ भन्ने कुराको पनि हेक्का राख्न जोड दिएका छन । जो बच्चादेखि नै सबैकुरा त्यागेर समाजसेवा गर्नकालागि राजनितीमा आएको छ भन्ने कुरा कसैको पनि ध्यान तथा मुल्याङकन गर्ने बानी नरहेको उनको आरोप रहेको छ ।

‘राजनितीलाई ठुलो ब्यापार नसम्झी जो समाज सेवा सम्झेर गाँउका गरिव दुःखी,अपाङ्ग, असाय, बिद्यार्थी बिहान खाए पछि बेलुका के खाउँ भन्ने र सर्वसाधारणसंग धुलमिल हुनसक्ने ब्यक्तिलाई पार्टीको नेतृत्व दिनुहोस ’उनको भनाई रहेको छ । जसले हुने खानेको होईन हुदा खानेको सम्मान गरोस पार्टीमा त्यस्ता नेता तथा कार्यकर्ताको खाचो रहेको उनको बुझाई रहेको छ ।

रााजनितीलाई ब्यापार सम्झनेहररुलाई नेबिसंगको जिम्मा दिने हो भने यहि थोरै रहेको संगठनलाई पनि दिउसै दिउसै उज्यालो बालि खोज्नुपर्ने अवस्था नआउने उनको उनको भनाई रहेको छ ।

(नेता मल्ल नेबिसंघ कालिकोटका सिचिवका प्रत्यासी उमेदवार हुन)



प्रतिक्रिया दिनुहोस्