Logo

निर्मलाको डीएनएको नमूनालाई परीक्षणका लागि अमेरिका पठाइने !



काठमाडौं ८ फागुन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार डीएनएको वैधानिकतामै प्रश्न उब्जिएपछि विश्वसनियताका लागि डीएनए अमेरिका पठाउने प्रक्रिया सुरु गरिएको हो । हाल निर्मलाको डीएनए प्रहरीको विधि विज्ञान प्रयोगशालामा रहेको छ । यसअघि राष्ट्रिय मानवअधिकार आयोग तथा नागरिकस्तरबाट डीएनएको नमूना संकलन गर्दा त्रुटि भएको तथा प्रहरीको प्रयोगशालामा परीक्षण गरिनुले शंका उत्पन्न भएको भन्दै यसको वैधानिकतामाथि प्रश्न उठ्दै आएको थियो । –राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्