Logo

भ्रष्टाचार, बेथिति, विसंगतिउपर सरकारले कारवाहीको कदम नचाले फिल्डमा उत्रने बहिर्गमित जनमुक्ति सेना नेपालको चेतावनी



‘कलाकारको सिर्जनालाई प्रतिबन्ध लगाउने र कलाकारमाथि धाकधम्की दिने हामीलाई स्वीकार्य छैन्’
काठमाडौं, ८ फागुन । बहिर्गमित जनमुक्ति सेना नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कला र सिर्जनाको सम्मान गर्न नसकेको आरोप लगाएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बहिर्गमित जनमुक्ति सेना नेपालले यस्तो आरोप लगाएको हो । संगठनले सरकारले कलाकारको सिर्जनालाई प्रतिबन्ध लगाउने र कलाकारमाथि धाकधम्की दिएको आरोप लगाएको छ।

‘युुथ फोसर्’ नामक कथित सगंठनबाट लोकगायक पशुपती शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गितमाथि प्रहार गरेको भन्दै त्यसप्रति आफूहरुको विशेष ध्यानाकर्षण भएको संगठनको ठहर छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष असिम लिम्बु ‘सुनिल’ वर्तमान सरकारले जनताले बोल्न पाउने अधिकारमाथि प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाए । उनले भ्रष्टचारी, बेथिति, विसंगतीउपर सरकारले कारवाहीको कदम नचाले जनमुक्ति सेना नेपाल फिल्डमा उत्रन बाध्य हुने पनि चेतावनी दिए ।

कुनैपनि नागरिकलाई संविधानले व्यवस्था गरेको मानवअधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निरंकुश शैलीमा प्रतिवन्ध र धाक धम्की दिई जनता र कलाकारलाई तर्साउन खोजे आफूहरुले त्यसको जवाफ दिने उनले चेतावनी दिए । उनले भने,‘हामी जनमुक्ति सेनाको संगठनले जस्तोसुकै कदम चालेर पनि जवाफ दिने जानकारी वर्तमान सरकार र तिनका भातृसंगठनलाई गराउदछौ ।’

उनले गणतन्त्र सबै नेपालीहरुको साझा उपलब्धि भएकोले यो व्यवस्थामा कुनै एक दुई जना शासकहरुको हालीमुहाली हुन नहुने पनि जिकिर गरे ।

संगठनका बरिष्ठ उपाध्यक्ष रमेश बसेल ‘करण’ ले विज्ञप्ती वाचन गरेका थिए । संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘वर्तमान दुुई तिहाई बोकेको बहुमत कम्युनिष्ट नामक केपी ओलीको सरकारले जनताप्रति वफदार रही कला र सिर्जनाको सम्मान गर्दै, भ्रष्ट, भ्रष्टचारी, बेथिति, विसंगती उपर कारवाहीको कदम नलिए हामी जनमुक्ति सेना नेपाल फिल्डमा उत्रन बाध्य हुनेछौ । राज्यकोष लुट्न र दहन गर्न कसैलाई पनि अधिकार छैन,त्यसका लागी गणतन्त्र स्थापना गरीएको हैन,त्यो जनताले सहन सक्दैनन ।’

संयुक्त प्रेस विज्ञप्ती

मिति २०७५–११–०८ गते

विभन्न परिवर्तन र लोकतन्त्रको निम्ति जनताले जनयुद्ध तथा शान्तिपूर्ण दुवै आन्दोलन पश्चात नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको कुरा सबैलाई सर्ववेदित नै छ ।

हाल विभिन्न आम सञ्चारमा प्रकाशित समाचार कलाकारको सिर्जनलाई प्रतिबन्ध लगाउने सरकारको कदम र कलाकारमाथि धाक धम्की दिई युुथ फोर्स नामक कथित सगंठन बाट लोक गायक पशुपती शर्माको लुट्न सके लुट कान्छा बोलको गितलाई भईरहेको प्रहार प्रति हाम्रो संगठन जनमुक्ति सेना नेपालको विशेष ध्यानाकर्षण भएको छ । शासकहरुलाई स्मरण रहोस लोकतन्त्र ,गणतन्त्र जनताको अधिकारको निम्ती स्थापना भएको हो । आज मुलुक गणतन्त्र नेपाल भईसक्दा जनताको जिवनमा वास्तविक परिवर्तन भईरहेको छैन । जनताप्रति उतरदायी हुनुपर्ने सरकार र राजनैतिक दलहरु जनतालाई नै दुःख दिने ,शुशासनको नाममा राज्यकोष बाटै अरवौ खर्वौ भ्रष्टचार र लुटतन्त्र मच्चीरहेको सत्य नागरिकका अगाडी लुकेका छैन । यसै सन्दर्भमा वर्तमान नेपालको अवस्थालाई कलाकारिता ,सिर्जनाको माध्यम बाट सत्यतथ्य अभिव्यक्त गर्ने लुट्न सके लुट कान्छा बोलको गितलाई पञ्चायती तथा राजाको हुकुमे शैलीको पुनरावृती कला,कलाकार र सिर्जना माथि धावा बोल्ने शासक र तिनका मतियारलाई हाम्रो संगठन जनमुक्ति सेना नेपाल खवरदारी र ध्यानाकर्षण गर्दछ कि कुनै पनि नागरिक लाई संविधानले व्यवस्था गरेको मानव अधिकार ,अभिव्यक्ति स्वतन्त्रतालाई निरंकुश शैलीमा प्रतिवन्ध र धाक धम्की दिई जनता र कलाकारलाई तर्साउन खोजे त्यसको जवाफ हामी जनमुक्ति सेनाको संगठनले जस्तो सुकै कदम चालेर दिने जानकारी वर्तमान सरकार र तिनका भातृसंगठनलाई गराउदछौ ।

वर्तमान दुुई तिहाई बोकेको बहुमत कम्युनिष्ट नामक केपी ओलीको सरकारले जनताप्रति वफदार रही कला र सिर्जनाको सम्मान गर्दै भ्रष्ट, भ्रष्टचारी, बेथिति, विसंगतीउपर कारवाहीका कदम नलिए हामी जनमुक्ति सेना नेपाल फिल्डमा उत्रन बाध्य हुनेछौ । राज्यकोष लुट्न र दहन गर्न कसैलाई पनि अधिकार छैन,त्यसका लागी गणतन्त्र स्थापना गरीएको हैन, त्यो जनताले सहन सक्दैनन । यसकारण जनता र कलाकार माथि प्रतिबन्ध लगाउने कार्य अभिलम्ब बन्द गर्न र देशलाई शुुशासन, भ्रष्टचारमुक्त बनाउन गफ हैन काम गरेर मुलुकलाई समृद्धिको बाटोमा डोराउन, वाईडबडी, सुन काण्डलगायत विभिन्न क्षेत्रका भ्रष्टाचारको छानबिन गरी कानुनी दायरामा दोषिलाई उभ्याउन र निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषीलाई पत्ता लगाई कानुनी कार्वाही गर्न, एनसेल, स्वास्थ्य, शिक्षा क्षेत्रलगायतको अन्य क्षेत्रका अनियमितता, विसंगती नियन्त्रण र कार्वाही गर्न, विकास निर्माणका शिर्षकमा समयमा कार्य सम्पन्न नगरी लठापत्र मनोमानी गर्ने निर्माण कम्पनीलाई कानुनी दायरामा उभ्यान पनि हाम्रो संगठन जोडदार आवाज उठाउदछ । यस्ता कार्यमा राज्यले एक्सन नलिई, उल्टै जनतामाथि, कला र सिर्जना माथि धावा बोल्ने र निरंकुश बन्न खोजे वर्तमान सरकारले भविष्यमा अकल्पनिय दुुर्घटनाको सामाना गर्नुुपर्ने हुन्छ । यसर्थ वर्तमान सरकारले अभिलम्ब बेथितीको अन्त्य गरी जनतालाई शुशासनको प्रत्याभुुति र देशलाई विकास समृद्धि तर्फ डोराउन अपिल गर्दछ अन्यथा जनमुक्ति सेना नेपाल यो अवस्थालाई टुुलुुटुुलुु हेरेर बस्ने छैन । जनताको तहबाट भ्रष्ट शाशकहरुलाई जनताकै बिचमा ल्याएर कार्वाही गर्न बाध्य नपारियोस ।

क. जिग्मी
सह–सचिव

जनमुक्ति सेना नेपाल, ब.जु.मु.से संरक्षक/सल्लाहकार

क. सुनिल
अध्यक्ष
बहिर्गमित जनमुक्ति सेना नेपाल



प्रतिक्रिया दिनुहोस्