Logo

चिनिया ठेकेदारहरुले नेपाल कब्जा गर्न लागेको खुलासा (भिडियोसहित)



पशुपति शर्माले गाएको गितमा ठेकेदारहरुलाई होच्याइयो

फागुन १०, काठमाण्डौ । निर्माण व्यवसायी रमण महतोले आफूहरु देश विकासको बाधक नभै सुत्रधार भएको दावी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै व्यवसायी महतोले आफूहरुले नियम र प्रक्रियाअनुसार विकास निर्माणमा हात हाल्ने गरेको बताए ।

महतो धरहरा पुनः निर्माण गर्ने जिम्मा पाएका ठेकेदार हुन् । आफ्नो कम्पनीले टेण्डर प्रक्रियामा विधिवत सहभागि भएर ठेक्का पार्न सफल भएको उनले बताए ।

धरहराको टेण्डर प्रक्रियामा व्यवसायीहरुबीच धेरै द्धन्द्ध भएको तर आफ्नो कम्पनीले नियम पूरा गरेर कामको जिम्मा पाएको महतोले दावी गरे ।

फरक प्रसंगमा महतोले गायक पशुपति शर्माले गाएको गितमा ठेकेदारहरुलाई होच्याइएको भन्दै असन्तुष्टी व्यक्त गरे ।

महतोले नेपालमा विभिन्न आयोजनामा चिनिया कम्पनीले हात हाल्ने तर राम्रोसँग काम नगर्ने प्रवृत्ति बढ्दै गएको बताए ।



प्रतिक्रिया दिनुहोस्