Logo

नेपाली बस्ती डुबानमा पर्नेगरी सिमानामा बाँध बनाउँदै भारत



काठमाडौं ११ फागन । सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ । भारतीय पक्षले सन्धिसम्झौताविपरीत सीमामा आफूखुशी ड्याम निर्माण गर्न थालेपछि यस क्षेत्रको बस्ती डुबानको उच्च जोखिममा परेको छ । भारतीय पक्षले कैलारी गाउँपालिकाको ३, ५ र ७ वडाको सीमामा ड्याम निर्माण गर्न थालेको हो ।

वर्षातमा डुबानमा परिरहने यो बस्ती नजिकै भारतीय पक्षले ड्याम निर्माण गर्दा झनै जोखिममा परेको कैलारी ३ का वडाअध्यक्ष कैलाश चौधरीले बताए । उनले भने, ‘अब वर्षातमा करिब १३ सय घरधुरी डुबानमा पर्ने निश्चित छ ।’

पानी निकास हुने स्थानमै १२ फिट अग्लो माटोको ड्याम निर्माण गर्न थालिएपछि बस्ती डुबानको उच्च जोखिममा परेको उनले बताए । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्