एनसेल कार्यालयमा भएको बम विष्फोटले लियो गुरुङको ज्यान, सुरक्षा गार्ड शंकास्पद


फागुन ११, काठमाण्डौ । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले गराएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको

घाइते अन्य दुई जनाको उपचार चलिरहेको छ । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले शुक्रबार साँझ भएको सो बम विस्फोटको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । घटनामा सुरक्षा गार्डकै संलग्नता हुनसक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

एनसेलको गेटमा राखिएको सिसिटिभी फुटेज हेर्दा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएको हो । घटना अनुसन्धानका लागि केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिइएको प्रहरीले जनाएको छ ।