Logo

बम विस्फोटमा परी गम्भीर घाईते भएका गुरुङको निधन



काठमाडौं, ११ फागुन । ललितपुरको नख्खुमा हिजो राति भएको वम विस्फोटमा परी गम्भीर घाईते भएका सिंहप्रताप गुरुङको मृत्यु भएको छ।

ललितपुरको नख्खुमा रहेको एनसेल मुख्यालयमा हिजो बेलुका भएको बम विस्फोटमा परी गम्भीर घाईते भएका लमजुङको मेलुङ स्थायी घर भई हाल ललितपुरको भैसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको उपचारका क्रममा शुक्रबार राति करिब साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै उक्त वम विस्फोटमा परी घाइते भएका बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भएकी स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। उक्त विस्फोट गराएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्