Logo

तेस्रो संस्करणको ‘पिङ्काथन हाफ म्याराथन’ मा जे देखियो



काठमाडौँ, ११ फागुन । तेस्रो संस्करणको पिङ्काथन हाफ म्याराथन सम्पन्न भएको छ । आज प्रहरी प्रधान कार्यालय नक्सालमा उक्त प्रतियोगिता भएको हो ।  भारतीय अभिनेता मिलिन्द सोमनले शुरु गरेको पिङ्काथन भारतमा निकै लोकप्रिय छ ।

भारतका विभिन्न शहरमा आयोजना हुँदै आएको प्रतियोगिता नेपालमा सन् २०१७ देखि शुरु भएको हो । यो प्रतियोगिता सन् २०१७ देखि लेजर पोर्ट नेपालले यो इभेन्ट नेपालमा गर्दै आएको छ । आजको प्रतियोगितामा करीब दुई हजार ५०० महिला सहभागी भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिए ।

महिला सशक्तीकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय सुपर मोडेल, फिटनेस गुरु तथा बलिउड अभिनेता मिलिन्द सोमनले पिङ्काथन अभियान शुरु गरेकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्