Logo

एनसेल बम काण्ड : विप्लव समूहका नेता पक्राउ



काठमाडौं, १४ फागुन । प्रहरीले ललितपुरको नख्खुमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

गत शुक्रबार साँझ नख्खुस्थित एनसेलको गेट अगाडि भएको विष्फोटमा परेर सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो । दुई जना घाईते भएका थिए । उनीहरुको अहिले नेपाल मेडिसिटीमा उपचार भैरहेको छ ।

घटनाको अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार भुजेल नेत्रविक्रम चन्द ‘विप्लव’का पूर्वअंगरक्षक समेत हुन् । हाल उनले आफूलाई भ्याल्ली कमाण्डर भएको बताउने गरेका छन् ।

तस्विर स्रोत : नेपाल प्रहरी



प्रतिक्रिया दिनुहोस्