५ शव भेटिएपनि अझै उनीहरुको पहिचान हुन बाँकी

0
Shares

काठमाडौं, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घट्ना भएको हो ।

दुर्घट्नामा परी सवार ७ जनाकै निधन भएको दाबी गरिएको छ । हेलिकप्टर दुर्घटनामा निधन भएका ५ शव भेटिए पनि अझै उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।