Logo

हेलिकोप्टर दुर्घटना : केसी वैशाखमा बिहे गर्ने तयारीमा थिए



काठमाडौं १६ फागुन । पाइलटहरुको सर्कलमा ‘योङ पाइलट’ को नामले चिनिएका क्याप्टेन प्रभाकर केसी कुशल चालक थिए । बुधवार ताप्लेजुङ्गमा हेलिकोप्टर दुर्घटना हुंदा मृत्यु भएका पाइलट केसीले फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेका हुन् । उनि विगत पाँच वर्षदेखि हेलिकोप्टर उडाइरहेका थिए ।

उनलाई चिन्ने जान्नेहरुका अनुसार पाइलट केसी हिमाली क्षेत्रको अप्ठ्यारो अवस्थामा कुशलतापूर्वक उडान, अवतरण तथा उद्दार गर्ने थोरै पाइलटमध्ये एक हुन् ।

उनले भिभिआईपीहरुलाई पनि आफुले गरेको उद्दारहरुबारे बबताउने गरेका थिए । उर्जामन्त्री वर्षमान पुनले पनि केसी मिजाशिलो र कुशल चालक भएको बताए । ‘मैले पनि एक दुई पटक उहाले उडाएको हेलिकोप्टरमा यात्रा गरेको छु, उहांले हिमाली क्षेत्रको अप्ठ्यारो अवस्थामा समेत उडान गरेको अनुभव सुनाउनुहुन्थ्यो ।’ मन्त्री पुनले भने ।

ताहाचल घर भएका पाइलट केसी तीन बर्ष अघि एयर डाइनेस्टीमा जोडिएका थिए । उनका घरमा बुबा, आमा र एक दाजु छन्। दाजु दिवाकर कामको सिलसिलामा दुबईमा छन्।

प्रभाकरको घरमा बिहेको कुरा चल्दै गरेको थियो । ‘उनको बिहेको लागी कुरा चल्दै थियो, वैशाखमा विवाह गर्ने कुरा पनि थियो । तर एक्कासी यस्तो दुखद खवर सुन्नपर्यो । ’ पाइलट केसीका एक आफन्तले भने ।

मिजासिलो स्वभावका क्याप्टेन प्रभाकर सहयोगी समेत थिए । उनि साथीभाईहरुका बीचमा समेत निकै लोकप्रिय थिए । प्रभाकरले उनका नाता पर्ने दाई सरोज बस्नेतलाई तेह्रथुमका केही तस्विर समेत पठाएको बताईन्छ । उनले ११ बजेतिर सरोजसंग सम्र्पक गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्