Logo

भाईरल बन्यो रविन्द्र अधिकारीको सम्झनाको शोक गीत



फागुन १८, काठमाण्डौ । दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीको सम्झनामा एक कलाकारले मनछुने शोकगीत गाएका छन् । गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको शोकगीतले धेरैको मन छोएको छ ।
सत्य भनेको मृत्यु जतिसुकै भयावह भए पनि स्वीकार गर्नैपर्छ । तर मन्त्री अधिकारीको निधन असामयिक र अकल्पनीयमात्र होइन, सबैका लागि अस्वीकार्य बन्यो । देशले आशा र भरोसा गरेको नेता गुमाएको भन्दै धेरैले मन थाम्न नसकेको अवस्थामा भर्खरै सार्वजनीक गी गीतले झनै भावबिह्ल बनाएको छ ।
सारगीँ रेटेर गायीएको गीतमा अधिकारीले विद्यार्थी राजनीतिदेखी मन्त्री बन्दासम्मको अवधीमा गरेका योगदानको चर्चा गरिएको छ । यस्तै राजनीतिक जीवनका आरोह अवरोह पल्टाउँदै गायीएको गीतमा लोक कलाकार पीएन साईलाले स्वर दिएका छन् । गायक आफैले सारगीँ बजाएका छन् । गीत सामाजीक संञ्जाल युवटुवमा हेर्न सकिन्छ ।

रविन्द्र अधिकारीप्रति श्रदाञ्जली दिदै गाईएको शोक गीतको भिडियो



प्रतिक्रिया दिनुहोस्