Logo

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन, अस्पतालमा शुभेच्छुकहरुको ठूलो भीड



काठमाडौं, १८ फागुन । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा आज साँझ निधन भएको छ । अधिकारीलाई अस्पतालले राती १० बजे मृत घोषित गरेको हो । विगत १६ दिनदेखि भेन्टिलेटरमा राखेर ८३ वर्षीय अधिकारीको उपचार गरिएको थियो ।

सम्पूर्ण कोशिस गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ ।



प्रतिक्रिया दिनुहोस्