Logo

अधिकारीको राजकीय समान्नकासाथ अन्तेष्टि



काठमाडौं, १९ फागुन । सरकारले पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दिवंगद अधिकारीको राजनीय सम्मानकासाथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

नेता अधिकारीको ८३ वर्षको उमेर गएराति निधन भएको थियो। दिवंगत नेता अधिकारीको पार्थिव सरिरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएका थिए।

धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको उनो पार्थिव शरीरमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएर सम्मान गरेका थिए। दिवंगत नेता अधिकारीको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्