Logo

स्वर्गीय अधिकारीलाई यसरी सम्झिए गृहमन्त्री बादलले



काठमाडौं, १९ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले वर्गीय नेता भरतमोहन अधिकारीले नेपालको पार्टी एकता र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

आज पार्टी कार्यालयमा अधिकारीलाई अन्तिम श्रद्धान्जली दिँदै गृहमन्त्री थापाले २०४७, २०६३ र संविधानसभाबाट संविधान निर्माणका क्रममा समते उनले देखाएको सक्रियता सरहानीय रहेको बताए ।

बादलले भने,‘त्यतिमात्रै होइन, उहाँ अर्थमन्त्रीको हैसियतामा रहँदा पनि नेपालको विकास र सम्मृद्धिका लागि पनि महत्वपुर्ण काम गर्नु भएको थियो भन्ने विर्सनु हँुदैन । उहाँको यो योगदान र भूमिका आगामी दिनका लागि हाम्रो पार्टी र सरकारका निम्ति मार्ग्निर्देशक बन्छ भन्ने मलाई लागेको छ ।’



प्रतिक्रिया दिनुहोस्