फागुन २०, काठमाण्डौ । नेपाली सेनाले शिवरात्री तथा सेना दिवस विशेष कार्यक्रम गरी मनाएको छ । सेनाले सोमबार दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड, विशेष फौज लगायतका प्रदर्शन गरिएको थियो । यस्तै सेनाले प्यारासुटका माध्यमबाट फ्रि फल जम्पको समेत प्रदर्शन गरेको छ । कार्यक्रममा ७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी प्रदर्शन गरिएको थियो ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा बिशेष समारोहको आयोजना गर्यो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँस्थित वीर स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभएको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि आरम्भ गर्नुका साथै बढाइँ कवाजले प्रस्तुत गरेको थियो ।
मार्चपास, सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो । सैनिक मञ्चमा नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो । उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो ।
सेना दिवसको उपलक्ष्यमा त्यहाँ सैनिक व्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो । समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगाएतको उपस्थीति रहेको थियो ।
त्यस्तै उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख लगाएतको पनि सो अवसरमा उपस्थिति थियो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । यसैबीच जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ । प्यारासुटको माध्यमबाट फ्रिफल जम्प देखाउने दुर्घटना भएको हो । दुर्घटनामा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन् ।




प्रतिक्रिया