फागुन २१, काठमाण्डौ । नेपाली कांग्रेसको आन्तरिक किचलोले तिब्र गतिमा उचाई लिइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल आफँैभित्र अलमलिरहेको छ । लामो समयको विवादबीच गएसाता केन्द्रीय समिति बैठकबाट बहुमतको आधारमा विधान पास भएपछि चर्किएको विवाद कायमै छ । आफूलाई लोकतन्त्रको मियो ठान्ने कांग्रेस पार्टीभित्रै लोकतन्त्रको अभ्यास खट्किएको छ ।
गुटगत राजनीतिकै कारण कमजोर बन्दै गएको कांग्रेसलाई बलियो बनाउने फर्मुला अझै फेला परेको छैन ।
आज पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको गुटगत भेला सम्पन्न भएको छ । नेता प्रकाशमान सिंहको निवासमा भएको छलफलमा सभापति शेरबहादुर देउवालाई कसरी ठिक पार्ने भन्ने विषयमा केन्द्रित थियो ।
बहुमत केन्द्रिय सदस्यको बलमा देउवाले निर्णयहरु गरेपछि पौडेल पक्ष अब के गर्ने भन्ने रणनीतिमा लागेको हो । आजको भेलामा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, कोषध्यक्ष सितादेवी यादवलगायतको सहभागि थियो ।
नेताहरुले सकेसम्म आगामी फागुनभित्रै महाधिवेशन गराएर देउवालाई फाल्ने उपायका बारेमा पनि छलफल गरेको बुझिएको छ ।
आजको छलफलमा छुट्टै चलाइरहेका कृष्ण सिटौला भने उपस्थित थिएनन् ।
महासमिति बैठकको एजेण्डाविपरीत केन्द्रिय समितिले विधान संशोधन नगरी पुरानै शैलीमा विधान पास गरेपछि कांग्रेसभित्रको विवाद केन्द्रिय स्तरमा मात्र होइन तल्लो तहसम्म पुगेको छ । यति मात्र होइन पार्टीको भ्रातृसंगठन विघटन भएको यतिका दिन वितिसक्दा समेत पार्टीले कुनै निर्णय लिन नसक्दा नेता कार्यकर्ता निराश भएका छन् । केन्द्रीय समितीको बैठक चलिरहँदा पार्टी कार्याालयबाहिर नेविसंघका नेता कार्यकर्ताहरु आ–आफै हानाहान समेत गरे । चर्को विरोधका बावजुद पनि पार्र्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा विधान पास गरेपछि धेरै नेताहरु रुष्ट बनेका छन ।
पौडेल मात्र होइन, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी लगायतले त केन्द्रिय समितीको बैठकले गरेको निर्णयविरुद्ध फरक मत नै लेखेका थिए ।
कांग्रेसभित्र विधानमा केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने कि वडा तहबाटै निर्वाचित भएर आउने तथा आरक्षणमा दोहोरिन पाउने वा नपाउने भन्नेमा तिव्र विवाद थियो । पार्टी सभापति एकलौटी ढंगले अघि बढीरहे पार्टीले ठुलो मूल्य चुकाउनपर्ने भन्दै सभापति देउवालाई सचेत गराउँदै आएका छन् ।
निर्वाचनमा लज्जास्पद हार व्यहोरेका कांग्रेसले राष्ट्रिय राजनितिमा प्रतिपक्षीको भुमिका समेत राम्ररी निभाउन नसकेको भन्दै आलोचना हँुदै आएको छ । आफुलाई लोकतन्त्रको पहरेदार मान्ने कांग्रेस आफैभित्रै यसरी रुमल्लिरहँदा लोकतन्त्रमाथि प्रहार भयो भनेर दोहो¥याइरहनुको के औचित्य ?




प्रतिक्रिया