Logo

कसकसले जिते क्रिकेटर अवार्ड ?



फागुन २१, काठमाण्डौ । नेपाल क्रिकेट खेलाडी संघ र एनसीसीएले प्रदान गरेको क्रिकेट अवार्डमा बर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड सन्दिप लामिछाने पाएको छन् ।

सन्दिपले दिपेन्द्र ऐरी, करण केसी, सोमपाल कामी, पारस खड्कालाई पछि पारे । महिला तर्फ सरिता रानामगरले बर्षको उत्कृष्ट खेलाडिको अवार्ड प्राप्त गरिन् । यस्तै बर्षको उत्कृष्ट उदयीमान खेलाडीको अवार्ड रोहित कुमार पोडलेले जिते ।

बर्षको उत्कृष्ट उदयीमान खेलाडीको अवार्ड रोहितकुमार पौडेलले जिते । उनले ललित राजवंशी, अभिनाश बोहरा, कविता कुवँर, सन्दिप जोरालाई पछि पारे । यस्तै लाइफटाइम अचिमभेन्ट अवार्डबाट नेपाली क्रिकेट खेलकालागि आफ्नो जीवन ब्यतित गरेका कोमल बहादुर पाण्डेलाई सम्मान गरियो ।

मोमेन्ट अफ दी इयरको अवार्ड करण केसीले जितेका छन । नामिवियामा क्यानडा विरुद्धको पारीले करणलाई एकाएक चर्चामा ल्याएको थियो । हारको मुखबाट तानेर टिमलाई जित दिलाएका करण नेपाली राष्ट्रिय टिमको महत्वपुर्ण सदस्यका रुपमा रहदै आएका छन । अनलाईन भोटिङका आधारमा विजेताको घोषणा गरिएको हो । यो विधामा कुल १० खेलाडीलाई मनोनयनमा राखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्