काठमाडौं, २४ फागुन । कप्तान लियोनल मेस्सी रसिया विश्वकप २०१८ पछि पहिलोपटक अर्जे्न्टिनाको टिममा परेका छन् । उनी भेनेजुएला र मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको प्रारम्भिक ३१ खेलाडीको लिष्टमा पर्न सफल भएका हुन् । उनले यसअघि अर्जे्न्टिनाको ६ वटा मैत्रीपूर्ण अन्तर्रा्ष्ट्रिय खेल गुमाएका थिए ।
विश्वकप २०१८ को प्रिक्वाटरफाइनल खेलमा फ्रान्ससँग खेलेपश्चात मेस्सी अहिलेसम्म अर्जे्न्टिना टिममा परेका थिएनन् । ३१ वर्षीय मेस्सीले १२८ खेलमा आफ्नो देशका लागि ६५ गोल गर्दै कीर्तिमानी रेकर्ड राखेका छन् ।
त्यस्तै, एन्जेलो डी मारियालाई पनि बोलाइएको छ । मेस्सीजस्तै उनी पनि विश्वकपपछि पहिलोपटक टिममा परेका हुन् ।
एजेन्सीको सहयोगमा




प्रतिक्रिया