Logo

आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस : राष्ट्रिय सभागृहमा राष्ट्रपति भण्डारी सहभागी



काठमाडौं, २४ फागुन । आज १०९औं अन्तर्रा्ष्ट्रिय महिला दिवस ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार’ बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा विहान मूल समारोह समितिले र्याली निकालेको छ । र्‍याली भृकुटी मण्डपबाट सुरु भएर पुलती सडक(रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै पुगेर टुंगिएको थियो ।

र्‍यालीपछि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति रहेको थियो । समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अबलम्बन गर्नुपर्नेमा जोड दिईन् ।

राष्ट्रपति भण्डारीले ठूला पुल र सडक बनाएर , हवाईजहाज चढेर मात्र समृद्धि नआउने बताउँदै महिलाप्रति हेर्ने सोच र व्यवहार परिवर्तनले मात्र समृद्धि हासिल हुने बताउँदै भने,“महिला सवाल महिलाको मात्र होइन, पुरुषको पनि हो, एउटा महिला पीडित हुनु भनेको पुरुष पनि पीडित हुनु हो भन्ने कुरालाई जनचेतनामार्फत परिवर्तन गर्नुपर्छ । महिला हिंसा अन्त्य गरिनुपर्छ ।”

काननूनले अन्त्य गरिसकेको छाउपडी ,बोक्सी, बालविवाह, बहुबिवाहजस्ता कुप्रथा समाजमा अझै विद्यमान रहेको प्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता प्रथालाई जरोदेखि नै समाप्त गर्न सामूहिक प्रयत्नको खाँचो औंल्याईन्।

राष्ट्रपति भण्डारीले गाउँ घरमा विद्यमान महिलाविरुद्धका अन्धविश्वास तथा कुप्रथा अन्त्य गर्न महिला शिक्षामा लगानी वढाउन सरकारसित आग्रहसमेत गरिन । उनले भने,“महिला र पुरुष समानताका लागि हरेक क्षेत्रमा ५०/५० प्रतिशत सहभागिता आवश्यक छ ।”

उनले आगामी दिनमा हालसम्म महिला अधिकारका क्षेत्रमा प्राप्त अधिकार रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै पछिल्लो समय छोटो अवधिमा नेपालले लैङ्गिक समानता क्षेत्रमा उल्लेखनीय उपलब्धि तथा फड्को हासिल गरेको वताईन् ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्