Logo

‘सरकारले जनतालाई तर्साउने काम गरेको आरोप’



चितवन, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वयले सरकारले दुईतिहाइ बहुमतको दम्भ देखाएर जनतालाई तर्साउने काम गरेको आरोप लगाएका छन् ।

शनिबार चितवनमा जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले सरकारले जनतालाई अनुभूति हुनेगरी काम गर्न नसकेको बताए । पर्याप्त बहुमत हुँदा–हुँदै सरकारले काम गर्न नसकेको र काममाभन्दा बढी गफमा सीमित भएको उनीहरुको भनाइ थियो ।

अध्यक्षद्वय राणा र लोहनीले नेकपा र नेपाली कांग्रेस मिलेर हिन्दूराष्ट्रको पहिचान मेटाएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्