Logo

न्यायाधीशहरुलाई प्रधानन्यायाधीशको निर्देशन



काठमाडौं ३० फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुलाई अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बसी फैसला लेख्न निर्देशन दिएका छन् ।

न्यायाधीशले अवकाश हुने अन्तिम दिनसम्म मुद्दा हेर्ने प्रवृत्ति बढ्दै गएपछि जबराले न्यायाधीशलाई बिदा लिएर बाँकी रहेका फैसला लेख्न लिखित निर्देशन दिएका हुन् ।

‘न्यायाधीशको अवकाशपछि फैसला लेखनलगायत मुद्दा सम्बन्धी कामको दायित्व नरहने हुँदा अनिवार्य अवकाशभन्दा सामान्यतया एक महिना अघिदेखि मुद्दा नियमित सुनुवाइ गर्ने कामबाट अलग रहनेगरी त्यहाँ र मातहत अदालतहरुमा समेत आवश्यक व्यवस्थापन गर्नुहोला,’ बुधबार उच्च र जिल्ला अदालतका मुख्य न्यायाधीश र न्यायाधीशलाई प्रधानन्यायाधीश जबराले निर्देशन दिए । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्