Logo

पद्मकन्या क्याम्पसमा महिला प्राध्यापकको धर्ना



काठमाडौं, ३ चैत्र । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउदै महिला प्राध्यापक र विद्यार्थीहरुले आज बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै धर्ना दिएका छन् ।

गत फागुन २७ गते उपकुलपति कार्यालयमा, २८ गते पदमकन्या क्याम्पस प्रमुख, २९ गते प्रशासन र ३० गते त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गर्दा समेत सुनुवाई नभएपछि महिला प्राध्यापक र विद्यार्थीहरुले आन्दोलन जारी राखेका हुन ।

आन्दोलनमा संलग्न प्राध्यापक निर्मला उप्रेतिका अनुसार, आज बिहानैदेखि धर्ना र जुलुस जारी छ । आन्दोलनकारीले त्रिविका ६१ वटा आंगिक क्याम्पसमध्ये ५ वटामा मात्र महिला क्याम्पस प्रमुख रहेकाले ३३ प्रतिशत क्याम्पस प्रमुख बनाउन माग गर्दै आएका छन् ।

FILE PHOTO/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्