Logo

डिल्लीराज विष्टद्वारा अदालतसमक्ष आत्मसमर्पण



काठमाडौं, ५ चैत्र । निर्मला पन्त बलात्कारपछि हत्याकाण्डको प्रमाण नष्ट गरेको अभियोग लागेका पूर्वएसपी डिल्लीराज विष्टले अदालत समक्ष आत्मसमर्पण गरेका छन्।

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला त्यही नगरको उल्टाखाम भन्ने ठाउँमा मृतअवस्थामा भेटिएपछि भएको अनुसन्धानका क्रममा प्रमाण नष्ट भएको थियो।

विष्ट त्यतिबेला कञ्चनपुरका प्रहरी प्रमुख थिए। नेपाल प्रहरीले उनी लगायत ८ जनालाई प्रमाण नष्ट गरेको अभियोग लगाउँदै अदालतमा मुद्दा दायर गरेको थियो।



प्रतिक्रिया दिनुहोस्