Logo

वास्तविक अवार्ड जनताको माया हो : गायक आचार्य



तुलसीपुर, ५ चैत्र । मेरो दुनिया वेग्लै, चट्ट सलाम, पिच रोड लगायतका लोकप्रिय गीत गाएका ट्रेन्डिङ्ग गायक समिर आचार्यले नेपालमा हुने अवार्डमा सिन्डिकेट लागु भएका कारण सही प्रतिभाले एवार्ड पाउन नसकेको वताएका छन् ।

‘कहिल्यै नसुनिएका गीतले पनि अवार्ड पाएका छन् अनि कसरी अवार्ड निष्पक्ष हुन्छ भन्ने’ उनले भने । अवार्ड पाएर मात्रै लोकप्रिय वन्न नसकिने वताउँदै उनले फाराम भर्न लगाएर अवार्ड वितरण गरिने प्रणाली नै गलत भएको वताए ।

तुलसीपुरमा पत्रकारसँग वोल्दै आचार्यले नेपाली संंगीतको ट्रेन हरेक दिन परिवर्तन हुँदै गएकाले चुनौति थपिएको पनि वताए । हरेक गीतमा नयाँ प्रयोग गर्न रुचाउने आचार्यको पछिल्लो ‘सानुमा सानु’ गीत निकै लोकप्रिय मानिन्छ ।

युट्युबमात्रै आर्थिक उपार्जनको माध्यम भएको बताउँदै आचार्यले पछिल्लो समय विभिन्न महोत्सवका कारण कलाकारका लागि अवसर सृजना भएको स्पष्ट पारे ।

अष्टे«लियामा रहेरपनि संगीतमा क्रियाशिल रहेका गायक आचार्यले नेपालमै रहेर संगितमा केही नयाँ गर्ने सोच रहेको समेत बताए ।

राम्रो गीतका लागि लगानी गर्नेहरुको कमी नरहेको वताउँदै आचार्यले आगामी महिना नेपाली संगीतको क्षेत्रमा आफुले मेगा प्रोजेक्ट रिजिल गर्ने बताए ।

‘मेरो संगीत करिअरलाई नयाँ मोडमा लैजाने गीत रिलिज हुनेछ’–गायक आचार्यले भने । चलचित्र पत्रकार संघ दाङ्गका अध्यक्ष धू्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती समाचारका सम्पादक वसन्त आचार्य, राष्ट्रिय समाचार समिति राप्ती प्रमुख नारायणी रजौरे, वरिष्ठ रेडियोकर्मी तुफानवावु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिरकण सचिव सन्तोष केसीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्