Logo

नेपालले आज कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्ने



काठमाडौं, ७ चैत्र । नेपाली राष्ट्रिय फुटबल टिमले आज कुवेतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । कुवेतमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

स्वीडेनका योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण समालेपछि नेपालको यो पहिलो खेल हो । नेपाली राष्ट्रिय फुटबल टोली दुई वटा मैत्रीपूर्ण खेलका लागि कुवेत पुगेको हो । दोस्रो खेल आगामी मंगलबार हुनेछ ।

नेपाल र कुवेत १९ बर्षपछि खेल्न लागेका हुन । यसअघि सन् २००० मा भएको एएफसी एसिया कपमा नेपाललाई कुवेतले ५–० ले हराएको थियो । कुवेतसँग नेपाली फुटबलको निकै पुरानो साईनो छ ।

नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल कुवेत विरुद्धकै थियो । सन् १९८२ मा वाइबी घलेले कुवेत विरुद्ध गरेको गोल नै नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल हो । त्यसपछि भने नेपालले कुवेत विरुद्ध गोल गर्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्