Logo

पाणिनि पार्क शिलान्याश



रुपन्देही, ८ चैत । बुुटवलको जितगढीमा पाणिनि पार्क निर्माण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा पाणिनि पार्क उपभोक्ता समितिले करीब रु पाँच करोडको लागतमा पार्क बनाउन लागेको हो ।

पार्कको आज एक समारोहकाबीच शिलान्याश गर्दै उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री लीला गिरीले प्रदेश नं–५ लाई सुन्दरीकरण गरिने बताउनुभयो । उहाँले प्रदेशका सबै जिल्लामा व्यवस्थित हरियालीपार्क निर्माण गरी सुन्दर शहरको रुपमा विकास गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“विकास निर्माण र सुन्दरीकरणका हिसाबले प्रदेशलाई नमूना बनाउँछौ ।”कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले पार्कका संरचना निर्माण गर्दा वातावरण मैत्री बनाउन सुझाव दिनुभयो ।बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले नगरलाई हरियाली शहर बनाउन विभिन्न अवधारणा अगाडि सारेको बताउनुभयो ।

पाणिनि पार्क उपभोक्ता समितिका अध्यक्ष ऋषि आचार्यले ब्याकरणका प्रणेता पाणिनि ऋषिको नाममा स्थानीयवासीको सक्रियतामा पार्क निर्माण गर्न थालिएको जानकारी गराउनुभयो । कार्यक्रममा वडा नं–१३ का अध्यक्ष नारायण पुन, समितिका उपाध्यक्ष यमबहादुर थापा, सचिव पुनाराम घिमिरेले पार्क निर्माणका लागि प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्