Logo

धादिङबाट १६४ किलो चरेस बरामद



धादिङ, ८ चैत्र । पृथ्वी राजमार्गअन्तर्गत धादिङमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ ।

भारतीय नम्बर प्लेटको युपी १९ टी ५१७१ नंको ट्रकमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान उक्त परिमाणमा चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्