Logo

जनताका आकाङ्क्षा पूरा हुन सकेनः नेता लेखक



बैतडी, ९ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले सरकारले जनताको चाहना र आवश्यकता अनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ । बैतडीको दोगडाकेदार गाउँपालिकाको खोचलेकमा आयोजित अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको आयोजनामा जिल्लाका विभिन्न स्थानमा भइरहेको अन्तक्र्रियामा सहभागी हुनुभएका नेता लेखकले सरकारले सङ्घीयता कार्यान्वयन गर्न सो अनुरुप काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका नेता लेखकले वर्तमान सरकारले विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले शुरुआत गरेका गौरवका योजनासमेत अलपत्र छोडेको बताउनुभयो । काङ्ग्रेसले आइतबार बैतडीको डिलाशैनीमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने भएको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्