Logo

ओली सरकार असफल भयो : बाबुराम भट्टराई



काठमाडौं, ११ चैत्र । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले बाहृय लगानी घटेको, व्यापार घाटा बढेको, विकास खर्चसमेत लक्ष्यअनुसार नभएको उल्लेख गर्दै सरकार असफल भएको बताएका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबीगरेका हुन् । भट्टराईले सरकारको एकवर्षे कार्यकालबाट जनता सन्तुष्ट हुन नसकेको आरोप लगाए । उनले भने, ‘राजश्वको लक्ष्य पनि पूरा हुन सकेन, व्यापार घाटा बढेर गयो, लगानी घट्यो, भनेर आफैंले भनिरहेको छ । यी सबै हिसाबले सरकार असफलतातिर उन्मुख भइरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्