Logo

विप्लव समूहका तीन कार्यकर्ता पक्राउ



दमौली, १२ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा छन् ।

पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँका अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् । सुनार र कुमाललाई तिनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्