Logo

‘सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले मुलुकमा निरंकुशता जन्मिन्छ’



काठमाडौं, १२ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को गर्दै निरङ्कुश बन्दै गरेको गएको आरोप लगाएकी छिन् ।

मंगलबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । संग्रौलाले सरकारले सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले फेरि मुलुकमा निरंकुशता जन्माउन सक्ने उनले आशंका ब्यक्त गरिन् ।

 



प्रतिक्रिया दिनुहोस्